आज २०८२ असार २१ गते शनिबारको राशिफलसंगै पाथीभरा माताको दर्शन गरौँ !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

साझेदारी वा वैवाहिक सम्बन्धमा सुधार आउनेछ। साझेदारीमा चलिरहेका समस्या समाधान हुने संकेत छ। सामाजिक क्षेत्र वा कूटनीतिमा संलग्न हुनुहुन्छ भने आज निर्णायक उपलब्धि मिल्न सक्छ। यद्यपि, धेरै भावनामा बहिनु भन्दा व्यवहारिक निर्णय गर्नु राम्रो।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वास्थ्यप्रति सचेत रहनुपर्ने समय हो। बिहानपख थकान वा निरुत्साहता अनुभव हुन सक्छ। कामकाजमा निरन्तरता चाहिन्छ, बिचमा अल्झनले गति रोक्न सक्छ। तर, सेवा, उपचार र व्यवस्थापनसम्बन्धी कार्यमा राम्रो प्रगति हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आजको दिन सिर्जनात्मक काममा उत्कृष्टता देखिनेछ। प्रेम सम्बन्धमा मिठास आउँछ, सन्तानसँग समय बिताउन सकिनेछ। प्रतियोगिता वा परीक्षा तयारीमा मन जानेछ। कुनै अधुरो योजना फेरी अघि बढाउन सकिने योग छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक वातावरणमा मिठास रहनेछ। घर जग्गा सम्बन्धी काम अघि बढ्न सक्छ। गम्भीर निर्णय गर्नुपरे पनि माता–पिता वा घरका अग्रजहरूको सल्लाह लिनु हितकर हुनेछ। भावना र कर्तव्यबीचको सन्तुलन राख्नु बुद्धिमानी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बुद्धि, बोली र व्यवहारले मानिसहरूलाई प्रभावित पार्न सक्नुहुन्छ। पत्रकारिता, लेखकत्व, सञ्चार, व्यापार–विज्ञापनमा सफलता मिल्ने दिन। आज यात्रा गर्ने योजना बनेमा शुभ फल पाइनेछ। दाजुभाइ वा साथीहरूबाट पनि सहयोग पाइन सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन आर्थिक हिसाबले उर्जाशील छ। पहिलेको लगानीबाट लाभ मिल्नेछ। किनमेल वा आय–व्ययको योजना बनाउने राम्रो समय हो। परिवारका सदस्यसँग सल्लाह लिएर ठूला निर्णय लिन सकिन्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

चन्द्रमा आफ्नै राशिमा रहेकाले आत्मबल र आकर्षण दुवै उच्च हुनेछ। आज तपाईंको बोली, चालचलन र निर्णयहरू अरूलाई प्रभाव पार्नेछ। नयाँ विचारहरू जन्मिने छन्। व्यक्तित्वमा चमक देखिनेछ। आफूलाई व्यवस्थित राख्न सके दिन अत्यन्त शुभ हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

गोप्य चिन्ता र शंका बढ्न सक्छ। मन एकाग्र हुन नसक्दा निर्णयमा ढिलासुस्ती हुन सक्छ। केही नकारात्मक विचार आउन सक्छन्, तर ध्यान, योग वा एकान्तमा बसेर आत्मचिन्तन गर्नु लाभदायक हुनेछ। शत्रु वा प्रतिस्पर्धीको चाल बुझ्न आवश्यक छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साथीभाइ वा समूहसँग मिलेर काम गर्ने अनुकूल समय। सामाजिक क्षेत्र, राजनीति, वा संस्थागत काममा सफलता मिल्नेछ। पुराना सम्पर्कहरू उपयोगी सावित हुनेछन्। नयाँ योजना अघि बढाउन सल्लाह–मसलाका साथ कार्य गर्नु उचित।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कर्मक्षेत्रमा मान–सम्मान पाउने दिन। कामप्रतिको लगाव बढ्नेछ। कुनै ठूलो जिम्मेवारी पाउन सकिने समय हो। माथिल्लो तहका व्यक्तिहरूबाट सल्लाह वा सराहना मिल्ने सम्भावना। तर, अहंकार वा जिद्धीपनले सम्बन्ध बिग्रन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शिक्षा, अनुसन्धान वा धर्म–दर्शनतर्फ झुकाव बढ्नेछ। यात्राको सम्भावना छ, जुन लाभदायक हुनसक्छ। वैदेशिक सम्पर्क वा काममा प्रगति। आध्यात्मिक चासो बढ्ने संकेत छ — साधना वा ध्यानको अभ्यास गर्न उपयुक्त दिन।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कसैले गोप्यरूपमा सहयोग पुर्‍याउनेछ। ऋण, बीमा, कर वा उत्तराधिकार सम्बन्धी विषयमा केही निर्णय लिनु पर्ने हुन सक्छ। मन दोधारमा रहन सक्छ, त्यसैले ठूला निर्णय अलिक पर सार्नु राम्रो। ध्यान–साधन वा मौनता लाभदायक हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर