सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार बजेट पारित, संगै ललितपुर महानगरको सातौं नगरसभा सम्पन्न 

ललितपुर – ललितपुर महानगरले आगामी आर्थिक वर्ष २०८२/२०८३ को लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार बजेट ल्याएकाे छ । महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य ले मंगलबारकाे नगरसभामा उक्त रकम बराबरकाे बजेट प्रस्तुत गरेकी हुन्न् । चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९हजार र पूँजीगत तर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार विनियोजन गरिएको छ ।

नगरलाई समृद्धि र सुशासन सम्पदा र संस्कृति संरक्षण , दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन , पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र , गुणस्तरीय शिक्षा, घर घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।

चालु आर्थिक वर्षकाे विकास खर्च ४२ प्रतिशत मात्रै

यस्तै ललितपुर महानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२को विकासे खर्च जेठ मसान्तसम्ममा जम्मा ४२ प्रतिशत मात्रै भएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने क्रममा सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार पुँजीगत खर्च कमजोर देखिएको हो ।

महानगरका अनुसार चालु आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटमा कुल खर्च ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँ रहेकोमा कुल खर्च ३ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ अर्थात ५३ प्रतिशत मात्रै भएको हो ।

 

यसमध्ये चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगत खर्च तर्फ ४ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ विनियोजन भएको थियो ।

जेठ मसान्तसम्ममा चालु खर्च तर्फ २ अर्ब ३ करोड १९ लाख अर्थात ७३ प्रतिशत र पुँजीगत खर्च तर्फ १ अर्ब ९४ करोड ६८ लाख अर्थात ४२ प्रतिशत मात्रै भएको महानगरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर