बलेफी ८ ले गर्‍यो जेष्ठ नागरिकलाई सम्मान

सिन्धुपाल्चोक- बलेफी गाउँपालिका वडा नं. ८ ले जेष्ठ नागरिकहरूलाई एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ । वडा भित्र बसोबास गर्दै आएका २१३ जेष्ठ नागरिकहरू मध्ये ५९ जनालाइ वितरण गरिएको र बाँकी लाइ घरघरमा लगेर वितरण गरिने वडा अध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।वडाले चालू आर्थिक वर्षको विनियोजित बजेटबाट जेष्ठ नागरिकहरूलाई एउटा टर्च लाइट प्रदान गर्दै सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले जेष्ठ नागरिक समाजका लागि मार्गदर्शक भएको उल्लेख गर्दै जेष्ठ नागरिकहरूको सम्मान स्वरुप कार्यक्रम आयोजना गरेको बताउनुभयो । “हाम्रा लागि जेष्ठ नागरिक अभिभावक हुन । उहाँहरुबाट समाजको विगतको इतिहास बुझ्ने र ग्रहण गर्ने आधार प्राप्त हुन्छ ।” उनले भने, “जुन समुदायमा हामी छौं, त्यसलाई समुदायको रुपमा रुपान्तरण गरेर समाज बनाउने कार्यमा जेष्ठ नागरिकहरूको भुमीकालाई हामी भुल्नु हुँदैन ।”कार्यक्रममा वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुले बालबालिका प्रती उत्तरदायी बन्दै अभिभावकिय भुमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् ।

अहिलेको पुस्ता लागुऔषध दुर्व्यसनी लगायतका कुलतमा फस्दै गएको स्मरण गराउंदै उनले उनीहरूलाई पुराना कुराहरू सुनाउने, त्यो बेलाको संघर्ष र इतिहासको पाठ पढाउन आवश्यक रहेको बताएका छन् । “हाम्रो विगतको इतिहास अहिलेको पुस्तालाई थाहा छैन ।

त्यसमा जेष्ठ नागरिकहरूले सिकाउनुपर्छ ।” उनले भने, “होइन भने पुरानो संस्कार अनि संस्कृति हराएर जान सक्छ ।” उनले वडा कार्यालय सधै जेष्ठ नागरिकहरूको अभिभावकको रुपमा उभिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।त्यस्तै कार्यक्रममा सहभागी बलराम श्रेष्ठले वर्षातको समयमा वडाले गरेको सम्मानले आफूहरू निकै खुसी भएको बताउँदै वडा अध्यक्ष र वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्नुभयो।

यसभन्दा अघि सो वडाले आत्मनिर्भरताका लागि दर्जनौ पाडापाडी प्रदान गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर