बागमतीको अर्थ मन्त्रालयमा लफडा , सचिवमाथि दुर्व्यवहारको आरोप

बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेटको अन्तिम तयारी गरिरहँदा शनिबार बेलुका लफडा भएको खुलेको छ ।

हिजो शनिबार राति हेटौंडा उपमहानगरपालिका–२, स्थित मन्त्रालयभित्र मन्त्री कुन्दनराज काफ्लेसहित उनको सचिवालय, मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली र कर्मचारीहरूबीच बजेटको विषयलाई लिएर झण्डै हानाहानको स्थिति भएको सरकार स्रोतले  जानकारी दिएको छ ।

बजेटको अन्तिम तयारी गरिरहेका सचिव कृष्णप्रसाद मैनालीको कार्यकक्षमा पुगेर मन्त्री र मन्त्रीको सचिवालयले उनीमाथि दुर्व्यवहार गरेको स्रोतको दाबी छ । मन्त्री काफ्लेले सचिव मैनालीलाई बजेट हाल्न अनुचित दबाब दिएको र त्यस प्रस्तावको अस्वीकार गर्दा उनीमाथि दुर्व्यवहार भएको स्रोत बताउँछ ।

मन्त्री काफ्लेले ठूलो रकमको बजेट थप गर्न सचिव मैनालीलाई दबाब दिएको आरोप लागेको छ । ‘१ अर्ब जति बजेटका लागि दबाब दिइरहेको रहेछ,’ स्रोतले भन्यो । कांग्रेस र एमालेबीच बजेटको आकार ६८ अर्बभन्दा बढी नबनाउने समझदारी बेगर मन्त्री काफ्लेले ७२ अर्ब पुर्‍याउन खोजेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर