पत्रकार कमला तामाङ ‘अस्मी’लाई प्रदेश गौरव पत्रकारिता पुरस्कार

चौतारा –पत्रकार कमला तामाङ ‘अस्मी’लाई बागमती प्रदेश सरकारले “प्रदेश गौरव पत्रकारिता पुरस्कार”द्वारा सम्मानित गरेको छ। संचार क्षेत्रमा दीर्घकालीन योगदान र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालय, हेटौंडाबाट प्रदान गरिएको पुरस्कार तामाङले सामाजिक चेतना अभिवृद्धि, तथ्यमा आधारित सूचना प्रवाह तथा सामाजिक परिवर्तनमा पु¥याएको योगदानको कदरस्वरूप दिइएको हो।

तामाङ हाल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) की केन्द्रीय सहकोषाध्यक्ष तथा रेडियो सिन्धुमा कार्यरत छन्। पत्रकारितामा उनको समर्पण र प्रतिबद्धताले सञ्चारकर्मीहरूलाई थप प्रेरणा मिलेको सञ्चार क्षेत्रका व्यक्तिहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर