वामदेवले मागे वरिष्ठ नेतासहित संगठन विभाग दिएनन्, के गरौँ-गरौँ भा’छ

नेकपा (एकीकृत समाजवादी) मा गत साउन २ गते समाहित भएका वामपन्थी नेता वामदेव गौतमले आफूले मागेबमोजिम संगठन विभाग प्रमुखको जिम्मेवारी नदिइएपछि दिक्दारी व्यक्त गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले त्यस्तो दिक्दारी पोखेका हुन् ।

‘संगठन विभागको प्रमुख हुँदा मैले त्यसलाई मात्रै हेरेको छैन, अरु थुप्रै काम गरेको छु । निर्माण गरेको छु । संघर्ष गरेको छु’, उनले अध्यक्ष नेपालसँग भनेको सुनाए । ‘त्यति भन्दा पनि उनीहरूले मानेनन्, अब के गरौँ, के गरौँ भा’छ’, गौतमले भने । तर, यही कारण पार्टी छाड्ने पक्षमा नरहेको गौतमले बताए ।

‘भर्खरै गएको पार्टी छोड्न पनि भएन । मैले छोडेँ भने त ‘यो कामै नलाग्ने रहेछ’ भन्छन् नि !’

प्रतिक्रिया
सम्बन्धित खवर