काठमाडौंभित्र सार्वजनिक स्थलमा धूमपान गरे प्रत्येक पटक पाँचसय जरिवाना तिर्नुपर्ने

महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धूमपान गरे प्रत्येक पटक पाँचसय जरिवाना गर्ने काठमाडौं महानगरपालिकाले बताएको छ।

हालै सम्पन्न नगर सभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो।

काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धूमपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारी साधन पार्किङ गरे  मोटरसाइकल, स्कुटरलाई एकहजार जरिवाना गरिनेछ। कार, जीप, डेलिभरी भ्यानलाई २५०० जरिवाना गरिनेछ।  मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई  ३ हजार ५ सय जरिबाना गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर