रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

रुकुम पूर्व – बिहीबार साँझ रुकुम पूर्वलाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार साँझ ७ बजेर ३४ मिनेट जाँदा आएको भूकम्पले रुकुम पूर्वसहित आसपासका जिल्लाहरूमा पनि हल्का धक्का महसुस गरिएको थियो।

अहिलेसम्म कुनै ठूलो क्षतिको विवरण प्राप्त नभएको बताइएको छ। स्थानीयवासीमा एकछिनको लागि त्रास फैलिएको भए पनि जनजीवन सामान्य बन्दै गएको छ।

भूकम्पीय गतिविधि भइरहने नेपालजस्तो भूगर्भीय संरचनायुक्त देशमा सानातिना धक्का प्राकृतिक प्रक्रिया मानिए पनि सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर