खानेपानी अभाव टार्न बलेफी–५ काभ्रे ट्रान्सर्फमर डाँडामा डिप बोरिङ

काठमाडौं- सिन्धुपाल्चोकको बलेफी गाँउपालिका–५ काभ्रे, गुर्दुम, गैरीगाँउका बासिन्दालाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ डिप बोरिङ निर्माण गरिएको छ । विकास निर्माणलाई अगाडि बढाउँदै वडा नं –५ मा पर्ने काभ्रे स्थित ट्रान्सर्फमर डाँडामा डिप बोरिङ निर्माण गरेको हो ।

वडा अध्यक्ष यादव ठकुरीको बिशेष पहलमा बलेफी गाँउपालिका–५ को काभ्रे स्थित ट्रान्सर्फमर डाँडामा डिप बोरिङ्ग सफलता पुर्वक सम्पन्न भएको हो ।

१ सय ७५ मिटर गहिराई बाट पानी जमिनको सतहमा निकालिएको र थप बजेटको ब्यवस्थापन गरि थप कार्य गर्न सम्बन्धित निकायसंग सहकार्य गरि पानीको समस्या समाधान गर्ने अध्यक्ष ठकुरीले बताएका छन् ।

काभ्रे, गुर्दुम, गैरीगाँउका क्षेत्रका जनतालाई खानेपानी पुर्‍याउने उद्देश्यका साथ डिप बोरिङ निर्माण गरिएको अध्यक्ष ठकुरीले जानकारी दिए ।“डिप बोरिङ गरिएको पानीलाई प्रशोधन गरेर पिउन योग्य बनाउँछौँ”, उनले भने । यसअघि उक्त क्षेत्रमा खानेपानीको अभाव हुँदै आएको थियो ।

पहाडको टुप्पो खोपेर छिराइएको पाइप जमिन सतहबाट १ सय ७५ मिटर गहिरोमा पुगेपछि पानी निस्कियो ।बोरिङ खोप्दा पानी निस्केपछि काभ्रे, गुर्दुम, गैरीगाँउका बासिन्दामा खुसियाली छाएको छ ।

‘पहाडको टापुमा बोरिङबाट पानी आउला भन्ने कल्पना पनि गरेका थिएनौं,’ स्थानीय भन्छन्, ‘अनौठो लागेको छ ।पानी आउन समथर, नदी र खोलाको किनार नै चाहिन्छ भन्ने मान्यतालाई ट्रान्सर्फमर डाँडाको डिप बोरिङ योजनाले चिरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर