नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता महिन्द्र राय यादवले मुलुक कठिन अवस्थामा हुँदा नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले निकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।
बुधबार आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै उनले जेनजी प्रदर्शनपछि कांग्रेस र एमाले निष्क्रिय हुँदा प्रचण्ड र माधव नेपालले निकास दिनेगरी भूमिका खेलेको बताएका हुन्।

उनले दुई नेताहरू पार्टीका मात्र नभई देशकै नेता बन्नुपर्ने बताए।
‘अब उहाँहरूसमक्ष ठूलो जिम्मेवारी छ। पार्टीको मात्रै होइन देशकै नेता बन्ने हो उहाँहरू,।
पाण्डव पाँच भाइ मात्र थिए,उनीहरूले कौरवलाई परास्त गरे’ उनले भने, ‘हामी आज दश भाइ जम्मा भएका छौं। त्यसैले हाम्रो जित सुनिश्चित छ।’






