नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशललाल चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताएका छन् ।
थारु नेता रेशम चौधरीले आफूले केही बोल्यो कि मुद्दा लागिहाल्ने बताएका छन् । शुक्रबार बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको बृहत् राजनीतिक संवाद कार्यक्रममा उनले आफूलाई राज्यले पटक–पटक अन्याय गरेको बताएका छन् ।

‘आकाशमा कालो बादल मडारिएको छ । तपाईंले विचार गरेर हिँड्नुपर्छ,’ जेन–जी प्रतिनिधिको ध्यानाकर्षण गराउँदै चौधरीले भने, ‘आफूले थारु अल्पसंख्यक समुदायको आवाज उठाउँदा फसाइएको हो ।’
उनले देश बनाउने ‘डीपीआर’ आफ्नो पार्टीबाहेक अन्यसँग नभएको समेत दाबी गरे । साथै चौधरीले आफूलाई चुनावमा सामेल गर्न नदिने समेत षड्यन्त्र हुँदै गरेको बताए । लक्ष्मण थारु, धनिराम थारु र रेशम चौधरीले यो चुनावमा भाग लिन पाएनन् भने यो मुलुकमा पुनः चुनाव हुन नदिने रेमश चौधरीले चेतावनी दिएका छन् ।
उनले कुनै सिंगो समुदायलाई पन्छाएर चुनाव गराउन खोजिएकोमा आपत्ति जनाए । रेशम टीकापुर हत्याकाण्डमा सर्वोच्चबाट जन्मकैद पाएका व्यक्ति हुन् । राष्ट्रपतिले आममाफी दिएपछि उनी अहिले जेलबाहिर छन् ।






