काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले आफू र आफ्नो संस्थाविरुद्ध भ्रम फैलाएको भन्दै प्रहरीमा उजुरी दिने चेतावनी दिएका छन् ।
टीओबी लेखिएका ज्याकेट लगाएका युवाको प्रदर्शनलाई आफूलाई जोडेर गरिएको प्रचार गलत भएको बताउँदै गुरुङले प्रमाणसहित प्रमाणित गर्न चुनौती दिएका छन् ।

गुरुङले भने, “भिडियोमा म देखिँदिन, त्यसो भए मलाई किन दोष ?” उनले फेक समाचार र गलत प्रचार गर्नेविरुद्ध भोलिदेखि प्रहरीमा उजुरी दिने तयारी गरेको बताएका छन् ।
https://www.facebook.com/share/v/1ABZ56LQGC/






