बुधबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा बन्द भएको छ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ६ अर्ब १६ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७५ करोड रूपैयाँ कमी आएको हो।
आज ३२१ वटा धितोपत्रको एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ। यस्तै एक कम्पनी स्थिर रहेको छ।






